|

काठमाडौं : सरकारले राजदूतहरुको वर्गीकरण खारेज गरेको छ। 

राजदूतलाई मन्त्री वा अन्य विभिन्न तहमा विभाजन नगर्ने निणय लिँदै अहिलेसम्म दिइएको तह खारेज रिएको हो। यसअघि भारतका राजदूत र चीनका राजदूत क्रमश दीपकुमार उपाध्याय र लिलामणि पौड्याललाई मन्त्री स्तर तोकिएको थियो। यो वर्गीकरण खारेज गरी सबै राजदूतालाई समान भनिएको छ। अमेरिका, भारत, चीन जापानलगायत राजदूतलाई श्रेणीमामाथि र अन्यलाई तल राख्ने गरिएको खबर कान्तिपुर दैनिकमा छ। 

सबै राजदूत सरकारको सिफारिसमा राष्ट्रतिबाट नियुक्ति हुने भएकोले वर्गीकरण हटाइएको हो। राष्ट्रपतिबाट नियुक्ति राजदूतले आगामी दिनमा प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने अर्को व्यवस्था गरेको छ। 

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अबदेखि राजदूतलाई प्रधानमन्त्रीबाट खपथ खुवाउने निर्णय भएको छ, सबै राजदूत पदको वर्गीकरण पनि खारेज गरिएको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.