|

२० वर्ष पछि विश्व विजेता बनेर घर फर्किएको फ्रान्सेली टोलीको भव्य स्वागत भएको छ। 

रुसको मस्कोमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–२ ले हराएको प फ्रान्सेली टोली सोमबार स्वदेश फर्किएको हो । विश्वकपको उपाधि जितेर घर फर्किएको टोलीलाई पेरिसमा पाँच लाख भन्दा धेरै मानिसले स्वागत गरे। पेरिसमा विश्व विजेता टोलीलाई स्वागत गर्न जम्मा भएको लाखौँ मानिसले परेड गरे। फ्रान्सेली टोलीलाई पेरिसको चार्ल्स डी गाउली विमानस्थलमा स्वागत गरे।

त्यसपछि पेरिसमा टोलीलाई घुमाइएका थियो। टोलीलाई फ्रान्सले देशकै सबैभन्दा उच्च स्तरको सम्मान ‘लिगिओन डी’ अनर पनि दिइने छ। सन् १९९८ मा आयोजक फ्रान्सले ब्राजिललाई हराएर पहिलो पटक विश्वकप उपाधि जितेको थियो। त्यो बेला टिमको कप्तान रहेका डिडिएर डेसच्याम्पस यो पटक प्रशिक्षक छन्।

४९ वर्षका उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप उचाल्ने तेस्रो व्यक्ति हुन्। ब्राजिलका मारिओ जागालो र जर्मनीका फ्रान्ज बेकेनबाउनले यसअघि नै यो उपलब्धी हाँसिल गरेका थिए। उनीहरुलाई स्वागत गर्न राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.