|

काठमाडौं : नायिका वर्षा सिवाकोटीलाई दर्शकले पर्दामा हेर्न नपाएको लगभग एक वर्ष भइसकेको छ। उनी गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'कारखाना' पछि पर्दामा आएकी छैनन्। अब भने करिव १ वर्षको अन्तरालपछि उनी फिल्म ‘भैरे’मार्फत पर्दामा आउँदैछिन्।

यस शुक्रबारबाट प्रदशर्नमा आउने फिल्म 'भैरे'मा आफु फरक भूमिकामा देखिने वर्षाको भनाई छ। उनी भन्छिन्, 'मैले गरेका अन्य फिल्मभन्दा ‘भैरे’ फरक छ।' उनी 'भैरे' नेपालीपन बोकेको फिल्म भएकाले दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउने बताउँछिन्।

वर्षाका अनुसार 'भैरे’ अर्गानिक फिल्म हो। 'एउटा प्याकेजको फिल्म बनेको छ', उनले भनिन्, 'यसमा रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ। अझ फिल्ममा नेपालीपनलाई बढी फोकस गरिएको छ।' फिल्ममा वर्षाले कलाकार बुद्धि तामाङको जोडीका रुपमा काम गरेकी छिन्।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यस फिल्मका निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी हुन्। करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सहनिर्माता छन्।

फिल्ममा वर्षासँगै दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तमाङ, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङलगायतको मुख्य भूमिका रहेको छ।

ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.