|

सुनसरी : कोशी गाउँपालिकामा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी कटान क्षेत्रमा भएको दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ। अन्य ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६९३ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा गम्भीर घाइते हुनेमा झापा धाइजन बस्ने ३५ वर्षीया रुपा पाण्डे, सोही ठाउकी तिलारुपा पाण्डे रहेका छन। त्यस्तै सामान्य घाइते हुनेमा सुनसरी इटहरी-१३ बस्ने रेवत भट्टराई, इटहरी-४ बस्ने शिशिर लिम्बु, मोरङ बेलबारी नगरपालिका-२ बस्ने पुजन राई, झापा दमक नगरपालिका-५ बस्ने चन्द्र मैनाली, दमक-५ बस्ने कुमार प्रसाई र झापा भद्रपुर नगरपालिका-१ बस्ने नाम नखुलेको पुरुष रहेका छन्।

घाइतेहरूकोे गोल्डेन अस्पाताल बिराटनगरमा उपचार भैररहेककाो छ। माइक्रोका चालक इलाम नगरपालिका २ का सरोज ढकाललाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको डिएसपी चिमोरियाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.