|

काठमाडौं : डा गोविन्द केसीको जीवनरक्षा र सरकारका गतिविधिको विरोध जनाउँदै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षहरू पुष्पकुमार शाही, निलकण्ठ रिजाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

माइतीघरबाट बानेश्वरतर्फ आउँदैगर्दा सडक विभागकको अगाडि प्रहरी र नेविसंघका कार्यकर्ताहरूबीच झडपको स्थिति सृजना भएको थियो। नेविसंघका कार्यकर्ताले बीचको लेन प्रयोग गरेर प्रदर्शन गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो।

प्रहरीको लाठी चार्जबाट नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षहरु पुष्पकुमार शाही, निलकण्ठ रिजाल, महामन्त्री आनन्द त्रिपाठी लगायतका १५ जना नेता कार्यकर्ता घाइते भएका छन्।

प्रदर्शन पछि नेविसंघका अध्यक्ष महरले सरकार यसरी नै अघि बढे आन्दोलन चर्काउने चेतावनी दिए। सरकारले नेविसंघलाई आन्दोलनका लागि उत्तेजित बनाएको समेत उनले आरोप लगाए। नेविसंघले साउन १५ गते सबै जिल्लामा सरकारका विरुद्ध बृहत प्रदर्शन गर्ने समेत घोषणा गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.