|

कञ्चनपुर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारका १६ वटा चोकमा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। बजार क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था कायम राख्नका लागि भीमदत्त नगरपालिकाले १९ लाख रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी क्यामेरा जडान गरेको हो।

सिसिटिभी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको छ। भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले नगर क्षेत्रलाई सु व्यववस्थित र अपराधमुक्त बनाउनका लागि क्यामेरा जडानको कार्यले सघाउ पुर्‍याउने बताए।

ट्राफिक व्यवस्था चुस्तदुरुस्त पार्न, पार्किङलाई व्यवस्थित गर्न र अपराध नियन्त्रण गर्न क्यामेरा जडानको कार्यले मद्दत गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। उपरीक्षक सेटीले भने, 'बजार क्षेत्रका मुख्य चोकहरूमा क्यामेरा जडान भएपछि बजार क्षेत्रमा भइरहने घटनाहरूको पल-पलको जानकारी लिइन्छ। त्यसैअनुरुप कार्य अगाडि बढाइन्छ।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.