|

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने वर्तमान सरकारको निर्णयपछि पदमुक्त भएकी निकिता पौडेलको चलचित्र विकास बोर्डमा पुनर्बहाली भएको छ।

निकिताले सरकारको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ गर्दै अर्को आदेश नआएसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको हो।

निकिताले आफू प्रक्रियागत रूपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमति जनाउँदै रिट दायर गरेकी थिइन्। सर्वोच्चको अन्तरिम आदेशसँगै उनको चलचित्र विकास बोर्डमा पुनर्बहाली हुने निश्चित भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.