|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। भेटमा अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारलाई गम्भीर बन्न सभापति देउवाले सुझाएका थिए।

केसीको स्वास्थ्यस्थिति थप गम्भीर बन्दै गएको भन्दै देउवाले उनको माग पूरा गर्न प्रधानमन्त्री ओलीको ध्यानकर्षण गराएका थिए। तत्कालै वार्ता गरेर उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको देउवाले भेटका क्रममा बताएका थिए।

सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले डा. केसीको मागलाई समेटेर माथेमा प्रतिवेदनको आधारमा अध्यादेशलाई हुबहु विधेयकका रूपमा ल्याउनु अहिलेको समाधान हुने देउवाले बताएका थिए। सरकारले माथेमा प्रतिवेदनको आधारमा ल्याइएको अध्यादेश लाई तोडमोड गर्ने भए कांग्रेसले गर्ने विरोधको सामना गर्न समेत सभापित देउवाले चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.