|

काठमाडौं : चर्चित रियलिटी शो 'को बन्छ करोडपति'मा दर्ता प्रक्रिया सुरु भएको छ। आगामी भदौ दोस्रो साताबाट एपी वान टेलिभिजन प्रसारण हुने ‘को बन्छ करोडपति’ मा १८ वर्ष पुगेका नेपाली नागरिक सहभागी हुन सक्नेछन्।

आयोजकका अनुसार कार्यक्रममा सहभागीता जनाउन ३१०३१ मा एसएमएस गरी रजिष्ट्रेसन गर्न सकिने छ। एसआरबिएन र एपी वान टेलिभिजनको संयुक्त आयोजनामा प्रसारण हुने कार्यक्रमको प्रस्तोता राजेश हमाल रहने छन्।

को बन्छ करोडपति कार्यक्रममा सहभागि हुन १८ वर्षभन्दा माथिका नागरिकले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजी शब्दहरू केबिसि लेखेर एक स्पेस छोडेर आफ्नो उमेर लेख्ने फेरि एक स्पेस छोडेर लिन्ग लेख्ने अनि ३१०३१ पठाउँन सकिने आयोजकले जनाएको छ। जस्तै SMS गर्ने तरिका : KBC <SPACE> AGE <SPACE> GENDER लेखेर 31031 मा पठाउन सकिने छ।

उदाहरणका लागि :

पुरुष भएमा : KBC 31 M

महिला भएमा : KBC 31 F

अन्य भएमा : KBC 31 O

एपिवान टेलिभिजनमा प्रशारण हुने यस कार्यक्रमको पहिलोदेखि ६ भागको लागि मात्र दर्ता खुल गरिएको छ। एसआरबिएनका कार्यकारी अधिकृत विपिन आचार्यले अहिले एकदेखि छ इपिसोडका लागि साउन महिना भरी रजिष्ट्रेसन खुला गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.