|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ आमखैया जंगल नजिक दुईवटा यात्रुबाहक भ्यान एकआपसमा ठोकिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने भ्यानमा सवार ११ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायव निरीक्षक भरत धामीले बताए। मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका-४ का २४ वर्षीया रिना चौधरी र उनका एक वर्षीय छोरा रिदम चौधरीको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नम्बरको भ्यान  र धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बा १० ज ४९१८ नम्बरको म्याजिक भ्यान एकआपसमा ठोक्किएका हुन्। घाइते सबै जनाको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.