|

संखुवासभा : सिलिचोङ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ को लागि २५ करोड ५९ लाख ३२ हजार ४१३ रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाको कार्यालयमा सिलिचोङ सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिकाका प्रमुख राम कुलुङ जानकारी दिए।

उक्त रकममध्ये चालुतर्फ दुर्इ करोड ६८ लाख २० हजार रहेको छ भने पुँजीगततर्फ नौ करोड ९८ लाख ४८ हजार २५० रुपैयाँ रहेको छ। सिलिचोङ गाउँपालिकाको लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ नौ करोड ५१ लाख, राजश्व बाँडफाडतर्फ चार करोड ८८ लाख र वित्तीय समानीकरणतर्फ नौ करोड ९८ लाख रुपैयाँ प्राप्त भएको थियो।

त्यस्तै, प्रदेश सरकारको वित्तीय समानीकरण वापत ३३ लाख १५ रुपैयाँ प्राप्त भएको थियो। आन्तरिक श्रोतमा जम्मा भएको २९ लाख ६४ हजार ५३ रुपैयाँ र अघिल्लो वर्षको बचत रकम एक करोड ६२ लाख ५६ हजार ३६० रुपैयाँ पनि यसै बजेटमा समावेश गरिएको गाउँपालिका प्रमुख कुलुङले बताए।

गाउँपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा सबैभन्दा धेरै बजेट छुट्याएको छ। पाँचवटा वडाहरू रहेको गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमका बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिइएको छ। पहाडी तथा दुर्गम क्षेत्र भएको गाउँपालिका कार्यालयबाट प्रत्येक वडामा सडक सञ्जाल पुर्‍याउने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.