|

इलाम : इलाममा करिब आठ हजार जना अपाङ्गता भएका व्यक्ति रहे पनि सबैले अपाङ्गता परिचयपत्र पाउन सकेका छैनन्। अहिलेसम्म चार हजार ९३५ जनाले मात्र अपाङ्गता परिचयपत्र प्राप्त गरेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको तथ्यांकमा छ।

परिचयपत्र लिनेमा दुई हजार ११३ पुरुपा र दुई हजार २२३ महिला रहेका छन्। जसमध्ये पूर्णअशक्त भएका ८०१, अति अशक्त एक हजार ६०८, मध्यम अशक्त एक हजार ४५८ र सामान्य अशक्त एक हजार ७० जना रहेका छन्।

यो परिचयपत्र वितरणमा चुनौती रहेको कार्यालयकी प्रमुख राजकुमारी राई बताउँछन्। ‘मध्यम र सामान्य अशक्त भएकाले राज्यले भत्ता नदिने हुँदा त्यस्ता प्रकृतिका मानिसले प्रायः अपाङ्गता परिचयपत्र बनाएका छैनन्,’ उनले भनिन्, ‘अपाङ्गताको परिचयपत्रलाई पहिचानभन्दा पनि सेवा सुविधासँग जोडिएकाले वितरणमा चुनौती छ।’

यस्तै, ६९८ जना पुरुष र ५३८ जना महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ। तर, उनीहरुले कुनैपनि किसिमको सेवा पाउन सकेका छैनन्। स्वास्थ्य सेवादेखि यातायात सेवामा पाउने छुटलगायतका सेवाबाट ज्येष्ठ नागरिक बञ्चित भइरहेका छन्।

फिर्ता भयो ज्येष्ठ नागरिक उपचार रकम

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारका लागि कार्यालयमा गत आर्थिक वर्षमा दुई लाख ११ हजार रुपैयाँ बजेट विनियोजन भए खर्च नभई फिर्ता भएको छ।

ज्येष्ठ नागरिकको उपचार खर्चका लागि कहीं कतैबाट सिफरिस नआएकाले विनियोजित रहक खर्च हुन नसकेको कार्यालय प्रमुख राजकुमारी राईले बताइन्। जिल्लामा हिंसा पीडित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिककलाई अल्पकालीन र दीर्घकालीन पुनस्र्थापना केन्द्रको अभाव रहेको उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.