|

फ्रान्सका खेलाडी केलियन एम्बाप्पेले विश्वकपमा आफूले कमाएको पाँच लाख अमेरिकी डलर च्यारिटीलाई दान दिएका छन्। 

एम्बाप्पेले फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई उनले अप्रिलमा नै केही रकम सहयोग गर्ने वाचा गरेका थिए। विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका साथै बोनस रकम मिलाएर पाँच लाख डलर सो संस्थालाई दिने घोषणा गरेका हुन्। 

अनाथ र अपांग बालबालिकाको सहयोगका लागि खोलिएको सो संस्थामा रहेका बालबालिकामा पनि फुटबलमा लगाव होस् भनेर सो रकम दिएको उनले बताए। एम्बाप्पेले च्यारिटीलाई सहयोग गरेको यो पहिलो पटक भने होइन। उनले फ्रान्सको एक कलेजका २५ विद्यार्थीलाई रसिया विश्वकप हेर्नका लागि प्रायोजन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.