|

सुनसरी : धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा नगरपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ। उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक सातासम्म झुकाउने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए। 

श्रद्धाञ्जली अर्पण गर्न उपमहानगरपालिकामा बुधबारदेखि सोमबारसम्म शोक पुस्तिका राख्ने, दाहसंस्कार गरेको भोलिपल्ट श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नगर कार्यपालिकाको कार्यालयमा सात दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने, शव अन्त्येष्टि गरेको दिन र भोलिपल्ट उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रमुख सुब्बाको सोमबार दिउँसो काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। प्रमुख सुब्बाको परिवारका सदस्यहरू विदेशमा रहेकाले उनीहरु आइनपुगुञ्जेल अन्त्येष्टि नहुने भएको छ। परिवारका सदस्यहरू बिहीबार दिउँसोसम्ममा आइपुगे सोही दिन अन्त्येष्टि गरिने, बिहीबार आइनपुगे शुक्रबार मात्र अन्त्येष्टि गरिने प्रेस संयोजक काफ्लेले जानकारी दिए। 

नगरपालिकाले परिवारसँग समन्वय गरी प्रमुख सुब्बाको पार्थिव शरीर उपमहानगर परिसरमा राखी नगरकार्यपालिकाले श्रद्धाञ्जली अर्पण गर्ने र सर्वसाधरणले श्रद्धाञ्जली दिन लागि वडा नं. १२ स्थित पब्लिक माविको मैदानमा राखिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.