|

गोरखा : शहीद लखन थापा गाउँपालिका–६ अँधेरीमा पहिरोले घर भत्किँदा  तीन जनाको मृत्यु भएको छ। स्थानीय नवराज कुँवरको घर भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय कृष्ण कुँवरले जानकारी दिए।

पहिरोले बिहान साढे ६ बजेतिर घर भत्किएको हो। घटनामा अन्य दुई जना घाइते भएको उनले बताए।

सो गाउँमा अन्य सात घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए। पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीको टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए। 

घर भत्किँदा नवराज बाहिर रहेको स्थानीय खाेलामा अाएकाे बाढीले उतै रोकिएको स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.