|

काठमाडौं : फिल्म 'चि मुसी चि'को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक 'आऊ आज मायाको' बोलको गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द-संगीत सुन्न सकिन्छ। गीतमा मायामा क्वाइन टस गर्ने कुरा गरिएको छ। 'हेड' परे पनि 'टेल' परे पनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाइन्छ।

नायक सुनिल क्षत्री र नायिका अलिशा शर्मा फिचरीङ भिडियोमा सुनिलकै करियोग्राफी रहेको छ। जहाँ उनीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका छन्।

म्युजिकल थ्रीलर जनरामा निर्मित फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन्।

साउन ११ गतेबाट प्रदशर्नमा आउने फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतको पनि अभिनय छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.