|

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका–१ मा २३ घर मा क्षति पुगेको छ। नगरपालिकाको केन्द्र रहेको बुर्तिबाङ बजारमाथिबाट आएको पहिरोका कारण ११ घर पूर्णरूपमा पुरिएका छन् भने १२ घर आंशिक रूपमा भत्किएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए।

 बाढी र पहिरोका काण बुर्तिबाङमै रहेका विभिन्न उद्योगमा समेत क्षति पुगेको छ। बुर्तिबाङमा रहेको कुटानी पिसानी मिल, २ ग्रिल उद्योग, १ फर्निचर र प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण आएको पहिरोले बुर्तिबाङ बजारमा पूर्ण प्रभावित भएको हो।

सम्भावित खतरालाई मध्यनजर गर्दै मंगलबार राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा राखिएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक यादवले बताए। ठाउँ-ठाउँमा बनाइएका कच्ची सडकका कारण वर्षातको समयमा बुर्तिबाङ बजार पहिरोको उच्च जोखिममा रहेको छ। पहिरोले पुरेका घरहरूमा के कति क्षति भयो भन्ने विषयमा यकिन भइसकेको छैन। उद्दारको काम चलिरहेकाले क्षतिको विवरण लिन कठिन भइरहेको प्रहरी निरीक्षक यादवले बताए।  

बागलुङमा बाढीको वितण्डा, स्वास्थ्य चौकीमा बाढी पस्दा सेवा ठप्प 
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.