|

काठमाडौं : गायिका मञ्जु पौडेलको नयाँ तिज गीत सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत छम्मछम्म बोलको गीत रिलिज गरिएको हो। गीतमा मञ्जुसँगै सन्तु थापाको स्वर रहेको छ। गीतमा पवित्रा सुर्तुङ्गे मगरको संगीत रहेको छ भने शिव हमालको शब्द रहेको छ।

प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा नायिका नीता ढुंगाना र सञ्चारकर्मी दीपेन्द्र घिमिरेको अभिनय छ। छम्मछम्म नाचेको यो जोडी निकै सुन्दर देख्न सकिन्छ। भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.