|

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरूका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन्। करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरूलाई बिहीबार घर फर्काइने भनिएको थियो।

ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो। उनीहरूको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ। यसअघि उनीहरूलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि नदिने भनिएकोमा बुधबार पहिलोपटक सञ्चारमाध्यमलाई अन्तरवार्ता लिन पनि दिइएको छ।

यसअघि उनीहरूलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने  भनिएकोमा उनीहरूको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ। करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरूलाई तर्सिने, एकान्त बस्न चाहने तथा बेला बेलामा झस्किने समस्या देखिएको थियो।

स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरूलाई अस्पतालबाट बुधबार अस्पतालमै एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ।

उद्धार गरिएका बालक र उनीहरूका अविभावकलाई आफन्त र साथीहरूसँग समय विताउन, तर सञ्चारमाध्यमलाई भने एक पटक मात्र अन्तवार्ता नदिन सुझाव दिइएको छ। तर उनीहरूको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरू लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन उत्तेजित रहेकाले चिकित्सकहरूले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ।  

गुफामा फसेका १२ जना बालक र उनीहरूका एक जना फुटबल प्रशिक्षकलाई करिब एक हप्ताअघि  गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो। उनीहरू गत जुन २३ मा गुफामा फसेका थिए। उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरू झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए। घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरूको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए। उनीहरूलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.