टुट्दैछ जोडिएका मन

|

सिन्धुपाल्चोक : जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७४/७५ मा अभियुक्तबाट एक हजार ६०४ वर्ष कैद सजाय भोग्न बाँकी रहेको तंथ्याक सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा भएका आपाराधिक घटनाहरूमा संलग्नमा अभियुक्तहरूबाट एक हजार ६०४ वर्ष कैद सजाय हुन बाँकी रहेको हो।

गत आर्थिक वर्षमा ४१ करोड ९९ लाख २८ हजारभन्दा बढी जरिवाना असुल हुन बाँकी रहेको जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश दीपक खनालले जानकारी दिए। गत आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको कुल ६५१ मुद्दा रहेका थिए। जसमध्ये ४८१ मुद्दा फछ्र्यौट भएको छ। ६४२ अनुमानित मुद्दाको लक्ष्य राखेको अदालतले ४१७ अर्थात ६५ प्रतिशत फछर्यौट गर्ने लक्ष्य लिएको थियो। दर्ता भएका मुद्दामध्ये ७४ प्रतिशत फर्छ्यौट गर्दै अदालतले लक्ष्यभन्दा धेरै प्रगति गरेको छ।

‘हामीले यस आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा टुङ्गाउन सफल भएका छौँ’ न्यायाधीश खनालले भने ‘यस आर्थिक वर्षमा टुंग्‍याएको मुद्दा हेर्दा साढे एक वर्ष लाग्ने देखिन्छ। तर, हामीले पुरानो मुद्दा नराख्ने योजनाअनुसार मुद्दाको फैसला छिट्टै गरेका हौँ।’

एक वर्षभित्रै मुद्दा छिटो किनारा लगाउँनका लागि न्याय सम्पादनको कार्यलाई छिटो छरितो तुल्याउने, न्यायिक प्रकृयालाई अनुमानयोग्य बनाउने, न्याय प्रणालीलाई पहुँचयोग्य बनाउने, न्यायपालिका प्रति आस्था र विश्वास अभिवृद्धि गर्नेलगाएतको लक्ष्य प्राप्ति गर्नका लागि नीतिहरू अपनाएको न्यायाधीश खनालको भनाइ छ।

यस्ता थिए मुद्दा

जिल्ला अदालत सिन्धुपाल्चोकले गत वर्षभन्दा यस वर्ष लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्यौट गरेको छ। जिल्ला अदालत सिन्धुपाल्चोकले सार्वजनिक गरेको २०७४/७५ को प्रगति प्रतिवेदनमा लक्ष्यभन्दा धेरै मुद्दा टुङ्गाएको जनाएको छ।

अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना मध्य तेश्रो वर्षको कार्यसम्पादनबारे जानकारी गराएको हो। आर्थिक वर्ष ०७४/७५ मा अदालतमा सम्बन्ध विच्छेदका १२१, जबरजस्ती करणी उद्योगका ३६, माना चामलका ११, घरेलु हिंसाका दुर्इ र मानव बेचविखनका दुर्इ घटना दर्ता भएका थिए।

१६ वटा गत वर्षको सहित ११५ वटा मुद्दा फर्छ्यौट भएको छ। माना चामल, घरेलु हिंसा, जवरजस्ती करणी तथा उद्योग, जीउ मास्ने बेच्ने, मानव बेचविखन तथा ओसारपसार, जातीय भेदभाव, विहावारीअन्तर्गतका सहित सर्वोच्च अदालतले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका मुद्दाहरू तगातार सुनुवाई हुने मुद्दाहरू भएको जनाएको छ।

टुट्दै छन् जोडिएका मन

विवाहलाई एक पवित्र बन्धनको रूपमा लिइन्छ तर, पछिल्लो समयमा आएर देशैभरी अग्नीको फेरा लगाएर सँगै बाँच्ने सँगै मर्ने कसम खाएकाहरू टुट्ने क्रम बढ्दै गएको पाइएको छ।

जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ को मुद्दालाई हेर्दा सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै परेको तंथ्याक छ। तंथ्याकलाई केलाउँदा अदालतमा सम्बन्ध विच्छेदका १२१ वटा मुद्दा दर्ता भएका छन्।

सम्बन्ध विच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन्। ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, कम उमेरमा नै विवाह हुनु, सम्पत्ति तथा अंश, घरेलु हिंसा सहन नसक्नु, देखासिकी, आडम्बरीपना, विदेश मोह, पश्चिमा संस्कृतिको अनुसरण र बढी स्वतन्त्रता चाहनाले सम्बन्ध विच्छेद बढ्दै गएको हो।

मुद्दाको प्रक्रिया हेर्दा वैदेशिक रोजगार प्रमुख जड देखिएको छ। श्रीमान् विदेशिएपछि अर्को विवाह गर्ने प्रवृत्ति बढ्दै गएको पाइएकाले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको पाइन्छ। वैदेशिक रोजगारका कारण आपसमा असमझदारी भएपछि सम्बन्ध विच्छेद हुने गरेको हो। सम्बन्धविच्छेद हुने कारणमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारी नै रहेको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.