|

जाजरकोट : सावन  रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजेतिर धार्पानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा १४ कि सालिनि बर्मा, बाँके कोहलपुर निवासी ललिता परियार र भुमे गाउँपालिका ४ का २८ वर्षीय अर्जुन विक रहेका छन्।

दुर्घटनामा परी चारजना घाइते भएका छन्। घाइतेहरूमा रुकुम(पश्चिम) मुसीकोट नरपालिकाका जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउपालिका ११ का २५ वर्षीया प्रमिला बुढामगर, पुथाउत्तरगंगा गाँउपालिका २ का २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेको प्रहरीले बताएको छ।

घाइतेहरूलाई थप उपचारका जिल्ला बाहिर लैजाने तयारी भइरहेको छ। जसका लागि हेलिकोप्टर आउँदै गरेको प्रहरीले बताएको छ। गाडी सडकभन्दा झण्डै १०० मिटरभन्दा तल खसेको छ। वर्खायाममा सडक चिप्लो भएका कारण गाडी दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.