|

काठमाडौं : नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन्।

वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन्। दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन्। नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी समेत नपाएर ३५ सिट खाली राखेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्धयन संस्थान(आइओएस) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन्। प्रवेश परीक्षमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइै कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन्। तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.