|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित चार सहसचिव कामविहीन भएका छन्। तीन निकायमा कार्यरत करिब दुई सय कर्मचारी बुधबारदेखि हजिर गरेर फर्किएका छन्।

नयाँ गठन भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषय टुंगो लगाएको छैन। गएको जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले नयाँ निकाय केन्द्र गठन गर्ने निर्णय भएको थियो। निर्णय भएको झण्डै दुई महिना पुग्नैलाग्दा सरकारले खारेज हुने निकायको व्यवस्थापन गर्न सकेको थिएन।

साउन १ गतेदेखि शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र खारेज भएको हो। खारेज गर्नुअघि नै संगठन संरचनाअनुसार जिम्मेवारी तोक्नुपर्ने मन्त्रालयले यसमा चासो देखाएको छैन। केन्द्रका महानिर्देशक को हुने भन्ने विषयमा समेत निर्णय गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.