|

थाइल्याण्डको उत्तरी क्षेत्रको गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षक अस्पतालबाट डिस्चार्ज भएका छन्। 

उनीहरुले पहिलोपटक प्रत्यक्ष रुपमा आफूहरुले भोगेको पीडादायी अनुभवका बारेमा बोलेका छन्। ‘मिसन इम्पोसिबल’ भनिएको अभियानबाट उद्धार भएको एक हप्तापछि मंगलबार बुधबार उनीहरु सार्वजनिक रूपमा बोलेका हुन्। आफूहरुलाई उद्धारकर्मीले भेट्टाएको समय ‘चमत्कारको क्षण’ रहेको बताएका छन्।

१४ वर्षका अदुल साम–अन जो फसेकामध्ये अंग्रेजी बोल्न सक्ने थिए, उनले दुई बेलायती डाइभरले भेट्टाउँदा आफू ‘हेलो’ मात्रै भन्न सक्ने अवस्थामा रहेको बताए।
उनीहरूलाई तीन दिन लगाएर फसेको १७ दिनपछि निकालिएको थियो। उद्धारपछि अस्पतालमा रहेका बालकहरूलाई बुधबार डिस्चार्ज गरिएको छ र अहिले उनीहरू घर गएका छन्।

उनीहरू सबै चिएङ राईको मो पा (वाइल्ड बोएर) फुटबल क्लबको युवा टोलीका सदस्य हुन्। बुधबार पत्रकार सम्मेलनमा उनीहरू क्लबको जर्सीमा थिए। पत्रकार सम्मेलनका लागि तयार गरिएको स्टेज फुटबल मैदान जस्तै बनाइएको थियो र ब्यानरमा लेखिएको थियो, ‘ब्रिङ्गिङ द वाइल्ड बोएर होम’। पत्रकार सम्मेलनमा उद्धारमा खटिएको थाइ नेभी सिलका सदस्य पनि थिए। पत्रकार सम्मेलनमा १४ वर्षका साम–अनले आफूहरूलाई पहिलो पटक बेलायती डाइभरले फेला पारेको क्षण बारे भने, ‘त्यो सबै चमात्कार जस्तै थियो। हामी आघातको अवस्थामा थियौँ, जब हाम्रो अवस्था कस्तो छ भनेर सोधियो, मैले सोचेँ र ठीक छु भनेँ।’

उनले दुई हप्तासम्म पानीले भरिएको गुफामा बस्नु कस्तो थियो भन्ने कुरा बताए। गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहीँ फसेका थिए। १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए।

चिएङ राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए। उनीहरुलाई ९ दिनपछि जुलाई २ मा भेट्टाएका थिए। त्यसपछि गुफामा हलुका खाना र अरु अत्यावश्यक चिज लगिएको थियो। त्यसको एक हप्तापछि उनीहरूको उद्धार सफल भएको हो।

त्यो अवधिमा गुफमा पुगेका उद्धारकर्मीसँग आफूहरू सहजै घुलमिल भएको बालकहरूले बताए। एक बालकले भने, ‘हामी चेकर्स खेल्यौँ। बेटोईले जहिले पनि जित्थे र उनी गुफाको राजा बनेका थिए’, बालकहर"सँगै २५ वर्षका प्रशिक्षक एकापोल चान्टोवोङ पनि फसेका थिए। उनले उद्धारको प्रयासमा निधन भएका नेभी सिलका समन कुननप्रति श्रद्धाञ्जली अर्पण गरे।

उद्धार अभियानमा ९० जना खटिएको र त्यसमा ५० विदेशी रहेको पनि जानकारी दिइयो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.