|

असफल 'कू'को प्रयासपछि टर्कीमा लगाइएको संकटकाल दुई वर्षपछि हटाइएको छ। 

असफल कू पछि सन् २०१६ बाट टर्कीमा संकटकाल लगाइएको थियो। राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुनः निर्वाचित भएको एक सातापछि संकटकाल अन्त्यको घोषणा गरेका हुन्। 

निर्वाचनका बेला विपक्षी पार्टीले समेत संकटकाल हटाउने मुख्य एजेण्डा अघि सारेका थिए। सात पटकसम्म ३–३ महिनाका लागि अवधि थप्दै आएको टर्की सरकारले यसपटक भने संकटकाल अन्त्यको घोषणा गरेको हो। संकटकाल लगाएयता टर्कीमा गरिएको कू प्रयासमा संलग्न रहेको आरोपमा सरकारी कर्मचारी, सेना तथा प्रहरीका अधिकारी,  शिक्षक, पत्रकार लगायत हजारौँलाई पक्राउ गरिएको छ। 

गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार टर्की सरकारले एक लाख सात हजार भन्दा बढी सरकारी कर्मचारीलाई कामबाट हटाएको छ भने ५० हजार बढी कर्मचारीमाथि मुद्दा  दायर गरेको छ। सन् २०१६ मा भएको कू प्रयासका क्रममा २ सय ५० भन्दा बढीको ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.