|

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई लिन सरकारले हेलिकोप्टर पठाएको छ।  केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ। 

जुम्लामा केसीलाई लिन गएको विरोधमा केसीका समर्थकले अवरोध गरेको खबर हाम्रा जुम्ला सहकर्मी विशाल दाहालले जनाए। केसीलाई लिनस्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीलाई पनि पठाइएको छ।

डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले यनको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै बुधबार राति बसेको नेकपाको आकश्मिक बैठकले डा. केसीलाई ल्याउने निर्णय गरेको थियो।

केसी पक्ष र सरकारको वार्ताको प्रयास भएका छन् तर सहमति जुट्न सकेको छैन्। उनलाई काठमाडौंको टिचिङ अस्पातलमा राखिने शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.