|

काठमाडौं : डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार हेलिकोप्टर पठाएको थियो।

केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन्। उनले सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ। सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ।’

यदी राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्ने्तिर लाग्नु पर्‍यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै केसीले सरकारको गुन्डागर्दी नचल्ने बताएका छन्।

सुन्नहोस् डा. केसीको अडियो सन्देशः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.