|

चितवन : इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

वर्षासँगै खसेको पहिरोका कारण बिहीबार बिहान ५ बजेदेखि अवरुद्ध भएको सडक बिहान ९ः४० बजेबाट सञ्चालनमा आएको हो। पहिरोका कारण रोकिएका सवारीसाधनहरु गन्तव्यमा जान थालेका छन्। यद्यपि, लामो समयसम्म रोकिएका कारण सवारीसाधानको लामो जाम छ।

ट्राफिक प्रहरीले सुरक्षित स्थानबाट ओभरटेक नगरी सवारी सञ्चालन गर्न चालकहरुलाई आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.