|

संखुवासभा : संखुवासभामा रहेको जिल्ला अस्पताल खाँबारीमा डा. गोविन्द केसीको समर्थनमा भन्दै गरेको आन्दोलनले सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको छ। एक दिनको पैदलबाट आएका बिरामीलाई आकस्मिक  सेवाको टिकटसमेत नपाएको  भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडाका बल बहादुर निरौलाले दुखेसो गरे।

उनी मात्र होइन संखुवासभाका विभिन्न स्थानबाट आएका बिरामी अस्पतालमा अलपत्र परेका छन्। आकस्मिक  सेवाको टिकट  पटक-पटक माग्दा  अस्पतालका कर्मचारीले बेवास्ता गरेको भोजपुरबाट संखुवासभा अस्पताल आएकी सर्मिला काफ्लेले बताइन्। 'टाढाबाट दिन माया मारेर आइयो कर्मचारीको आन्दोलनले विचल्लीमा परियो,' उनले थपिन्, 'अब महँगो शुल्क तिरेर भए पनि प्राइभेटतिरै उपचार गर्ने जान्छु।'

जिल्ला अस्पताल खाँदबारीका प्रमुख लक्ष्मण खड्काले भने टाढाबाट आएका र आकस्मिक खालका सबै बिरामीको उपचार गरेर पठाउने बताए। तर, बिहान १० बजे आएर बसेका बिरामी अहिलेसम्म पनि आकस्मिक सेवाको समेत टिकट नपाएको छिमेकी जिल्ला भोजपुरबाट आएका बलबहादुर निरौलाले बताए। सरकारी अस्पतालले सेवा नदिएपछि कतिपय बिरामी प्राइभेट अस्पतालतिर उपचार  गराउन लागेका छन्। यहाँ संखुवासभाका मात्र होइन छिमेकी जिल्ला भोजपुरका विभिन्न स्थानबाट दैनिक सयौँ बिरामी आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.