|

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्ति भएका करिब दुई दर्जन पद खाली गर्न सरकारले एकमुष्ट बर्खास्तीमा परेका अधिकारीहरू सर्वोच्च अदालतबाट अन्तरिक आदेश लिँदै कार्यक्षेत्रमा गएका छन्। निर्वाचन आचारसंहिता लागेको समयमा देउवा सरकारले पदको दुरुपयोग गरेको भन्दै गत सात एकमुष्ट बर्खास्त गरे पनि अदालतको ढोका पुगेका धेरै अधिकारी काममा फर्किएका छन्।

नेपाल स्टक एक्स्चेन्‍जका प्रमुख कार्यकारी अधिकृत सर्वोच्च अदालतको अन्तरिक आदर्श लिएर पनि काममा फर्कन सकेका छैनन्। सर्वोच्चले सरकारलाई निर्णय कार्यन्वयन नगराउनु आदर्श दिएपछि सरकारको बर्खास्तीमा परेका साउद प्रमुख कार्यकारी अधिकृत (सिइओ) रुफमा छन्। त्यस्तै, अर्थमन्त्रालयले साउदलाई बर्खास्‍ती पत्र पठाएसँगै अर्को निर्यण नभएसम्म अर्थका अधिकारी रमेश अर्यालले सिइओका रूपमा जिम्मेवारी समाल्न पठाएको छ।

मंगलबार सर्वोच्चबाट अन्तरिम आदेश लिएसँगै बुधबार कार्यालय पुगेका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर गर्न दिएका थिएनन्। अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनसँगै उनले हाजिर गर्न दिएका थिएनन्। 'उहाँले अर्थमन्त्रीसँग छलफल गरेर मात्रै भनेर मलाई हाजिर नगर्न भन्नुभएको हो' साउदले थाहाखबरसँग भने।

आफू अन्यायमा परेको र अदालत पुगेर काममा फर्किएका कारण काममा अवरोध गरिएमा पुन: न्यायकै खोजी गर्ने बताए। 'मलाई सर्वोच्चले फिर्ता पठाएको छ, अब म यथावत काममा रहनेछु भएन भने पुन: न्याय त माग्नैपर्छ' साउदले भने। बिहीबार हामीले समाचार तयार गर्दासम्म नेप्सेमा सिइओको रूपमा अर्थबाट पठाइएका रमेश अर्यालले नै काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.