|

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ का घर पालुवा जनावर मारेर आतंक मच्चाउने चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ। गएको १२ दिनदेखि वीरेन्द्रनगर नगरपालिकाको सुब्बा कुना र अमृत डाँडाका नागरिकका बाख्रा, कुकुर र गाइमाथि घर गोठमा नै आएर आक्रमण गर्दै आएको थियो।

चितुवाले १० वटा बाख्रा र ३ वटा कुकुरलाई मारेको थियो भने १ गाइलाई घाइते बनाएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख हेमराज विष्टले जानकारी दिए।घरपालुवा जनावरहरू असुरक्षित भएपछि स्थानीय बासिन्दाहरूले जिल्ला वन कार्यालय सुर्खेतमा एकहप्ता अघि जानकारी दिएका थिए। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको विज्ञ टोलीले चितुवालाई समातेको हो।

खोरमै आएर बाख्रा मार्न थालेपछि बाघको आशंकामा स्थानीयले जिल्ला वन कार्यालयलाई एक हप्ता अघि जानकारी गराएका थिए। मानवीय क्षति गर्न सक्ने कुरालाई ध्यानमा राखी चितुवालाई ट्रयापमा पारेको जिल्ला वन सुर्खेतका प्रमुख विष्टले बताए। समातिएको चितुवालाई व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ।

विज्ञ टोलीले सुरुमा वनमा क्यामरा राखी चितुवाको हिंड्ने बाटो पत्ता लगाएर ट्रयापमा पारी चितुवालाई समातिएको हो। बेहोश पारिएको चितुवालाई निकुञ्जको बीचमा लगेर छोडिने र हुँदा होश खुलेपछि त्यसले पुरानो बाटो बिर्सने बिष्टको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.