|

काठमाडौं : डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औँ दिन काठमाडौं फर्किएका छन्। २० दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेका केसी बिहीबार सेनाको हेलिकोप्टर मार्फत काठमाडौं फर्किएका हुन्। 

उनलाई कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थल पुर्‍याइने भएको छ। जहाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोली हेलिकोप्टरबाट झर्नेछ भने केसीलाई काठमाडौं ल्याइने बताइएको छ। शाहीले डा. केसीको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने बताइएको छ। 

उनलाई जुम्लाका स्थानीयले फूलमाला लगाएर विदाइ गरेका छन्।

उनको स्वास्थ्य बिग्रिएपछि सरकारले काठमाडौंबाट हेलिकोप्टर पठाएर बल प्रयोग गरेर भएपनि उठाएर ल्याउने भनेको थियो।

 जसको विरोधमा जुम्लाका स्थानीय र विद्यार्थीहरूले विरोध गर्दा झडप भएको थियो। जसमा गोली चल्दा एकजना प्रहरी घाइते भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.