|

काठमाडौं : जुम्लामा झडप हुँदा प्रहरीकै गोली लागेर घाइते भएका प्रहरी जवान कमल आचार्यको कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमै उपचार भइरहेको छ। छातीमा गोली लागेका उनको अप्रेसन भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। 

स्वास्थ्य विज्ञान प्रतिस्‍ठानका निर्देशक धर्मराज गोसाईंले गोली लागेर घाइते आचार्यको उपचार भइरहेको बताए।

केसीलाई काठमाडौं लैजानका लागि सेनाको हेलिकोप्टर आएपछि स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरूले केसीलाई काठमाडौं लैजान नपाइने र जुम्लामा नै वार्ता हुनुपर्ने भन्दै विरोध गरेका थिए। यसरी विरोध गर्नेमा स्थानीय जनता, विद्यार्थीलगायत थिए। भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। झडपमा अन्य दर्जनौंको संख्यामा घाइते भएका छन्। अस्पताल परिसरमा अन्दाधुन्द लाठीप्रहारका साथै दर्जनौँ सेल अश्रुग्यास प्रहार भएको थियो।  

जुम्लामा तनाव कायमै : प्रहरीको गोली प्रहरीकै छातीमा, अवस्था गम्भीर 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.