|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–९ निलबाराहीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५९ जना घाइते भएका छन्। काठमाडौं मुलपानीस्थित क्रिश्चियन कम्यूनिटी स्कुलका विद्यार्थी बोकेर मध्यपुरतर्फ आउँदै गरेको बा १ क ९२५०  नम्बरको बस सडकबाट खेतमा पल्टेर दुर्घटना हुँदा बसका चालक, सहचालक र ५७ जना विद्यार्थी घाइते भएका हुन्।

घाइतेमध्ये मध्यपुर अस्पताल थिमिमा ३५ जना र नागरिक कम्युनिटी अस्पताल गट्ठाघरमा २४ जनाको उपचार भइरहेको भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार गम्भीर अवस्थाका सहचालकको आइसीयुमा राखेर उपचार भइरहेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। उनले भने ‘घटनामा अहिलेसम्म कोही हताहत भएको छैन। घाइतेहरूको विवरण पनि आउने क्रममा रहेको छ। दुर्घटनाको कारणका बारेमा पनि यकिन हुन सकेको छैन।’

फोटो : दुर्घटनामा घाइतेहरूको मध्यपुर अस्पतालमा उपचार हुँदै

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.