|

दुनै (डोल्पा) : एकजना नेपाली सेनाका जवान डोल्पामा आफैँले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन्। बिहीबार बिहान ११ बजेतिर डिउटीमा रहेका २२ वर्षीय ध्रुब चन्द आफैँले गोली चलाउदा घाइते भएका हुन्। 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलीर्गाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैले गोली चलाइ घाइते भएका थिए। आफैँले हानेको गोलीले उनको चिउडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डाक्टर अनुप मंगल समालले जानकारी दिए। डा. अनुपका अनुसार एक्सिडेण्टल बुलेट केस भएको कारण बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौं लैजान सल्लाह दिएको पनि बताए। उनले भने, ‘विरामीको अवस्था गम्भीर छ। तर काठमाडाैंमा उपचार हुन्छ। होस गुमेको भने छैन।’ 

डियुटीमा रहेका जवानले एकै पटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ। सेनाका अनुसार तत्तकाल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारको लागि क्षेत्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडाैं लगिएको बताएइको छ। घटना कसरी भयाे भन्नेबारे थप अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने ईश्वरी बक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए।

जवान ध्रुबको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ। घाइते जवानको अवस्था गम्भीर भए पनि होसमा नै रहेकोले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए।  उपचारका क्रममा रहेका जवान उनी लेखेर आफ्ना भनाइ राख्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.