|

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलहरू आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताए। पोखरा विश्व विद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताएका हुन्। 

डाक्टर केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाउँदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए। एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएकोले प्रधानमन्त्री ओलीले भने, ' डा. केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधीन हुनुहुन्छ? बुझ्न सकिएन।' 

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नहुने दाबी पनि गरे। 'केही-केही मानिसहरू डा. केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्,' प्रधानमन्त्री ओलीले भने। 

चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरित भएको प्रधानमन्त्रीको भनाइ छ। 'अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ। काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नहाेला। तर डाक्टरले बिरामी जाँच्दिन भन्दा एकै दिनमा कयौंको ज्यान जान सक्छ' प्रधानमन्त्री ओलीले भने, 'बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकहीनता हो।'

कांग्रेसको आन्दोलनप्रति संकेत गदै प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बहुमत ल्याएर सरकार बनायाे भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको पनि बताए। 'कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला। कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला। यो जनताको निर्णय हो' प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.