|

भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो।

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो। त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन्। २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नांगो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन्।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशंकामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ। भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ। तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.