|

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलमा रौतहट बिजयी भएको छ। कैलालीलार्इ हराउँदै रौतहट बिजयी भएको हो।

रौतहटकी जर्सी नं. १० खेलाडी रश्मी लामाले खेलको १२औँ मिनेटमा गरेको गोलले नै रौतहट बिजयी भएको हो। अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल संघले ब्यवस्थापन गरेको राष्ट्रिय खेलमा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलामा, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरि १३ वटा महिला फुटवल टिम सहभागी रहेको रौतहट फुटबल संघका महासचिव मधु धितालले जनाए। बिजेता तथा उप बिजेता टिमलाइ प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्रफि तथा शिल्ड वितरण गरेका थिए।

चन्द्रपुर नगरपालिका-६ स्थित स्व. शेरबहादुर दर्लामी खेल मैदानमा गत असार २७ गतेदेखि सुरु भएको खेल बिहीबार सम्पन्न भएको थियो। यसैगरी चन्द्रनिगाहपुरमा बिजयी टिम, हेटौँडामा बिजयी टिम र ३ वटा बिभागीय टिमबीच अन्तिम चरणको खेलबाट विजयी टिमलार्इ उपराष्ट्रपति कप वितरण गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ। उक्त खेलमा बिजेता खेलाडी तथा टिमलार्इ हौसला बढाउनको लागी प्लान नेपालले शिल्ड तथा कपको व्यवस्थापन गरेको थियो। महिला खेलाडीहरूको लागि रौतहटको चन्द्रनिगाहपुर उदगम स्थल मानिदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.