|

उज्वल शिशु निकेतन एकेडेमी (यूएसएनए)ले अन्तर कलेज इन्डोर क्रिकेटको उपाधि जितेको छ। नेक्सट जेनेरेसन इभेन्टद्वारा आयोजित प्रतियोगितामा यूएसएनले नेपाल क्रिकेट स्कुल (एनसीएस)लाई ५४ रनले हराउँदै उपाधि जितेको हो । विजेता यूएसएनएले नगद ५० हजार प्राप्त गर्‍यो भने उपविजेता बनेको एनसीएसले २५ हजार प्राप्त गर्‍यो ।

३१ असारमा सुरु भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो । १६ टिम सहभागीमध्ये नकआउटमा चार टिम पुगेका थिए। अन्तिम चारमा पुग्ने टिमहरूमा ग्रेट हिमायलन क्रिकेट एकेडेमी, ह्वाइहाउस, एनसिएस तथा यूएसएनए रहेका थिए ।

फाइनलमा यूएसएनएले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरमा चार विकेट गुमाएर ९१ रन बनायो । उसका लागि रविन जोशीले सर्वाधिक ४९ रन बनाएका थिए । जवाफमा एनसीएस पाँच ओभर तीन बलमा नै ३७ रनमा अलआउट भयो । जितेन्द्रसिंह ठकुरी प्लेयर अफ द टुर्नामेन्ट भए। नरेश बुढा उत्कृष्ट ब्याट्सम्यान एेर तथा नविन यादव उत्कृष्ट बलर घोषित भए। यसरी नै वेस्ट इमर्जिङ प्लेयर मिलन ओझा बने!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.