|

काठमाडौं : साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेश ‘तिम्रै लागि हो’ बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने गौरव डगोकरले गीतमा स्वर दिएका छन्।

विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक अवतारमा प्रस्तुत छन्। भिडियोमा उनीहरुले एक अर्काको प्रेमको वणन गरिरहेका छन्।

फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका छन्। प्रेमकथामा निर्माण भएको फिल्ममा श्रृष्टी र विनयसँगै प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तको पनि मुख्य भुमिका रहेको छ। निर्देशक केसीकै लेखन रहेको यस फिल्ममा प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यको लगानी रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.