|

भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन भिक्षु जीवनमा आफूलाई प्रवेश गराएकी हुन्।

उनले सूरतमा बुधबार औपचारिक रुपमा जैन परम्परा अनुसार दीक्षा ग्रहण गर्दै भिक्षु जीवनमा पाइला टेकेकी हुन्। भिक्षु भएसँगै उनको पहिचान परिवर्तन भएको छ। उनलाई अब साध्वी विशारदमाल नामले चिनिने छ।

उनले केही वर्षअघि देखि नै परिवारका सदस्यसँग भिक्षु जीवनमा प्रवेशका लागि अनुमति मागेको खबर भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  तर परिवारका सदस्यले अनुमति दिएको थिएन। उनी परिवारका सदस्यहरुको आकांक्षा र सुझावलाई उपेक्षा गर्दै सांसारिक मोहबाट टाढा पुगेकी हुन्।

उनले आध्यात्मिक गुरु आचार्य विजय यशोवर्मा सुरेश्वरजी महाराजबाट दीक्षा लिएकी हुन्। दीक्षा लिनुअघि उनले ४८ दिनसम्म ध्यान गरेको बताइन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.