|

काठमाडौं : कर्मचारीको हकका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधै कमाउ अड्डामा पदस्थान हुने गरेका छन्। 

दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पदाधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन्।  अर्थ मन्त्रालय, गृहमन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था कार्यालय जस्ता कार्यालयमा युनियनका नेताहरुले सरुवा मिलाउने गरेको खबर नागरिक दैनिकमा छ। 

ती कार्यालयलाई निजामती कर्मचारी आकर्षक ‘भन्सार’ भन्छन्। यस्ता कार्यालयमा सरुवा हुन दलका नेता र मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ।  आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल लामो समयदेखि गृह मन्त्रालयमा कार्यरत छन्। गृहकै विभिन्न शाखामा उनको पदस्थापन हुने गरेको छ। त्यस्तै आधिकारिक ट्रेड युनियनका महासचिव सुबोध देवकोटा गल्छी–स्याफ्रुबेसी मौलुङ सडक परियोजनामा कार्यरत छन्। देवकोटा सो परियोजनाका प्रमुख हुन्। सो परियोजनालाई अन्य कर्मचारी आकर्षक मान्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.