|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पहिलोपटक अविश्वास प्रस्ताव दर्ता भएको छ। लोकसभाका सभामुख सुमित्रा महाजनले अविश्वासको प्रस्ताव स्वीकार गरेसँगै शुक्रबारबाट  बहस सुरु हुनेछ।

तेलुगु देशम पार्टीले सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको हो भने प्रमुख विपक्षी कांग्रेस आई समेतका केही दलले समर्थन गरेका छन्।

सत्तारुढ एनडीए सरकारविरुद्ध पेश भएको प्रस्तावको पक्षको संख्या कम छ।  लोकसभामा ५४३ कुल सदस्यमध्ये सत्तारुढ भाजपाको २७३ र गठबन्धन दलको ४८ गरी ३११ सासंद छन्। बहुमतका लागि २६८ मतको आवश्यकता छ जुन भारतीय जनता पार्टी एक्लैसँग छ। यद्यपि विपक्षी कांग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफूहरूसँग प्रस्तावको पक्षमा पर्याप्त मत रहेको दाबी गरेकी छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.