|

बर्दिया : जिल्ला अस्पतालले गत वर्षको तुलनामा आर्थिक वर्ष ०७४\७५ मा सेवा प्रवाहमा ३४.५९६ प्रतिशतले वृद्धि गरेको छ। 

जिल्ला अस्पताल बर्दियामा गत आर्थिक वर्षमा ईसिजी सेवा, एआरटी परीक्षणसहित अन्य थप सेवा सुरु तथा प्रशासनिक व्यवस्थापन सुधार गरिएपछि सेवाप्रवाहमा वृद्धि भएको हो। जिल्ला अस्पताल बर्दियाले सार्वजनिक परीक्षणमार्फत अघिल्ला वर्षहरूभन्दा उल्लेख्य रुपमा अस्पतालको सेवामा वृद्धि भएको जनाएको छ।

अस्पतालले प्रवाह गर्ने सेवामा माइनर अप्रेसनमा ७८.७१ प्रतिशत, मेजर सर्जरी (अप्रेसन) ६८ प्रतिशत, ल्याब सेवामा ४३.९७ प्रतिशत, एक्सरे सेवामा २३.११ प्रतिशत, आकस्मिक सेवामा १९.१७ प्रतिशत, बहिरंग सेवामा १८.९८ प्रतिशत, भिडियो एक्सरेमा १५.०६ प्रतिशत र अस्पतालमा भर्ना हुने संख्या १० प्रतिशतले वृद्धि भएको जनाएको छ।  

जिल्ला अस्पतालमा निशुल्क प्रसूति सेवा लिनेको संख्या एक हजार २७ जना, चार पटक गर्भ जाँच गरेवापत प्रोत्साहन रकम पाउने ४७५ जना, अप्रेसन सेवाबाट पसूति हुनेको संख्या ५१ सामान्य ९९८ जना रहेको छन्। 

त्यसैगरी आकस्मिक सेवातर्फ पाँच हजार ११० जना, बहिर‌ंग सेवा तर्फ (ओपीडी) १९ हजार १२० जना, भर्ना भएको बिरामी संख्या १५६ जना, मेजर सर्जरी (अप्रेसन) ११८ जना माइनर सर्जरी ४९८ जनाले सेवा लिएका छन्। 

जिल्ला अस्पतालका लागि जनशक्ति स्वास्थ्यकर्मीको कुल दरबन्दी ५२ जनाको रहे पनि हाल ३५ जना मात्र रहेकाले समस्या रहेको अस्पतालका प्रमुख डाक्टर सुवास पाण्डेले बताए। जिल्ला अस्पतालमा दरबन्दी अनुसार जनशक्ति कमी भए पनि परिक्षणका लागि उपकरण सुविधाबारे प्रचारप्रसारको कमीले जिल्लाका बिरामी नेपालगञ्ज, कोहलपुर लखनउलगायत स्थानमा पुग्ने गरेका छन्।

जिल्लामा एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन आयुर्वेदिक स्वास्थ्य केन्द्र, ३० स्वास्थ्य चौकी  नौ नगर स्वास्थ्य इकाइ र पाँच सामुदायिक स्वास्थ्य इकाइ  छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.