पर्वत : कलाकारको रुपमा पहिचान बनाउँदै गरेका सञ्चारकर्मी तथा नवोदीत दोहोरी गायक सूदीप क्षेत्रीको ‘रेलको टिकट’ बजारमा आएको छ।
पहिलो गीत ‘अस्पतालमा भर्ना भाको छु’ बाट एलबम निकालेका क्षेत्रीले दोश्रो गीत बजारमा ल्याएका हुन्। आफ्नै लय र शब्दमा तयार पारेको गीतमा महिला आवाज सरस्वती लामिछानेले दिएकी छिन। डिजिटल स्टार पोखराले बजारमा ल्याएको उक्त गीतको म्यूजिक भिडियोमा राजेश गिरी र बिमला बिसीको अभिनय छ। म्यूजिक भिडियोको छायाँकन र निर्देशन रमेश रसाईलीले गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।