समाज

सिन्धुलीमा ८५ प्रतिशत धान रोपाइँ
SHARES

साउन ४, २०७५

    सिन्धुली  ः साउनको पहिलो साता सुरु हुदाँ भित्री मधेश अन्र्तगतको सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ। 

    जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा धान खेती हुने १६ हजार ४ सय ८० हेक्टर क्षेत्रफल खेतमध्ये हालसम्म ८५ प्रतिशत अर्थात १४ हजार ८ हेक्टर खेतमा धान रोपाँई सकिएको हो। 

    विगतका वर्षका तुलनामा यसवर्ष समयमै मनसुनी बर्षा भएकाले रोपाई छिटो भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ। हाल सम्म कमलामाई नगरपालिकामा ८७ प्रतिशत, दुधौली नगरपालिकामा ८० प्रतिशत, मरिण गाउपालिकामा ९० प्रतिशत, फिक्कल गाउपालिकामा ७० प्रतिशत, गोलन्जोर गाउपालिकामा ८५ प्रतिशत रोपाई सकिएको कृषि विकास कार्यालय सिन्धुलीका बालि संरक्षण अधिकृत देवेन्द्र शाहुले जानकारी दिए।  अधिकृत साहुका अनुसार हरिहरपुरगढी गाउपालिकामा ९० प्रतिशत, सुनकोशी गाउपालिकामा ९० प्रतिशत, तिनपाटन गाउपालिकामा ९२ प्रतिशत र घ्याङलेख गाउपालिकामा ९० प्रतिशत रोपाई सकिएको छ। 

    सिंचाईको राम्रो सुविधा भएको ठाउँका किसानले रोपाइँ गरिसकेका तर आकासे पानीको भरमा रोपाई गर्नुपर्ने ठाउँका किसानले भने रोपाइँ गर्न बाँकी रहेको अधिकृत साहुको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]