|

काठमाडौ‌ं : नेपाली बजारमा डलरको मूल्य अहिलेसम्मकै महंगो भएको छ। शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तयार गरेको मूल्य अनुसार खरिद मूल्य ११० रुपैयाँ १८ पैसा पुगेको छ। बिक्री मूल्य भने ११० रुपैयाँ ७८ पैसा छ। 

डलरको मूल्य बढ्दा रेमिट्यान्स पढाउने उपयुक्त समय मानिन्छ। दुई महिना अघिसम्म एक डलर नेपाल पठाउँदा नेपालमा १०२ रुपैयाँ पाइन्थ्यो भने अहिले एक डलर बराबर झण्डै १११ रुपैयाँ पर्छ। 

हाल नेपालमा औसत एक अर्ब पचास करोड डलर बराबरको रेमिट्यान्स आउने गरेको छ। डलर बढेको कारण नेपालको निर्यातजन्य उत्पादनमा पनि सहयोग पुग्छ। अहिने नेपालमा औसत दैनिक निर्यात २४ करोड रुपैयाँ बराबरको छ। धेरै वस्तु तथा सेवा आयातमा निर्भर भएको कारण मूल्य वृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव पर्छ।

अहिले औसत दैनिक तीन अर्ब रुपैयाँ बराबरको सामान नेपाली बजारमा आउँछ। यो तथ्यांकले नेपालमा डलर बढ्दा समग्रम घाटा पुग्ने देखिन्छ। दैनिक १७४ अर्ब बराबर रुपैयाँमा डलर बढ्दा फाइदा हुन्छ भने तीन अर्ब रुपैयाँ बराबरमा घाटा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.