|

कञ्चनपुर :  मोवाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानिय तहका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ।

स्थानिय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गराउनका लागि नमुनाका रुपमा तथ्याङ्कक संकलनको कार्य अगाडी बढाईएको हो।  समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चेबर्षिय आवधिक योजना निणर्मा सहभागीता गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरी तथ्याङ्कक संकलन गरिएको कार्य भैरहेको छ।

कैलालीको गौरीगंगा नगरपालीका, कञ्चनपुरका शुक्लाफाँटा नगरपालीका, लालझाडी गाँउपालीका र बेलडाँडी गाँउपालीमा घरघुरी सर्भेक्षण संगै अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलनको कार्य भैरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ र एनएल आरको संयुक्त साझेदारीमा सञ्चालित समावेशी विकास कार्यक्रमका अधिकृत राजीव अबस्थीले बताए। घरधुरी सर्वेक्षण तत्थ्याङ्क संकलन कार्यलाई ब्यवस्थीत वनाउन प्रत्येक वडाबाट सिफारीस गरिएका तथ्याङ्क संकलनर्ताहरुलाई २ दिने तालिम प्रदान गरी नगरपालीकासँगको समन्वयमा कार्यक्षेत्रमा खटाईएको उनले जानकारी दिए।

तथ्याङ्कक संकलनको कार्यलाई छिटो छरितो बनाउनका लागि  मोवाईल एप्सको प्रयोग गरी जिपिएस फोटो सहितको तथ्याङ्क संकलन गरि  सफ्टवेयर ब्यवस्थापन मार्फत स्थायिको घर नम्बर सहितको डिजिटल तत्थ्याङ्क संकलनको कार्य गरेका छौं’ उनले भने। हाल सम्म संकलित तथ्याङ्क अनुसार कैलालीको गौरी गंगा नगरपालीकाका पाँच हजार नौ सय सात घर घुरी मध्ये एक हजार एक सय ६७ जना व्यक्तिहरु अपाङ्गता भएका पाइएको छ। जस मध्ये एक सय ६९ जनाले मात्रै अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन्।

यसैगरी लालझाडी गाँउपालीकाका एक हजार एक सय ५३ घर घुरीको तथ्याङ्क संकलन गरिकोमा जस मध्ये चार सय ११ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन्। अपाङ्गता भएका व्यक्तिहरुमा ७१ जनाले परिचय पत्र पाएका  छन्। शुक्लाफांटा नगरपालिकामा अपाङ्गता पहिचान तथ्याङ्क मात्र संकलन गरिएको छ।  जस अनुरुप हाल सम्म सात हजार सात सय ३३ घरधुरीको तत्थ्याङ्क संकलन गरिएको छ।  यहाँ चार सय ११ जना अपाङ्गता भएका ब्यक्तिहरु मध्ये दुई सय २० जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेको पाईएको छ। 

बेलडाँडी गाँउपालीमा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको छ।  तथ्याङ्क संकलनका लागि गौरी गंगामा ३५, लालझाडीमा २२, बेलडाँडीमा २१ र शुक्लाफाँटामा ३० जना गणक खटिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.