|

पर्सा : शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न भनी खुलेका संस्थाहरूले राज्यलाई नीतिगत कर बुझाउन अटेर गरेको तथ्य फेला परेको छ। केही संस्था बाहेक अधिकांशले राज्यको नीतिगत कर बुझाउन अटेर गरेको तथ्य फेला परेको हो। 

आर्थिक वर्ष ०७४⁄७५ मा आन्तरिक राजस्व कार्यालयमा संकलन भएको राजश्वको तथ्यांकले पर्सामा रहेर शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गरिरहेका संस्थाहरूले लक्ष्यभन्दा निकै कम राजस्व मात्र बुझाएको राजस्व कार्यालयको तथ्यांकमा उल्लेख छ। शिक्षा सेवा सञ्चालक संस्थाहरूले कुल लक्ष्यको तुलनामा जम्मा ५५.६ प्रतिशत मात्र कर बुझाएका छन् । बाँकी ४४.४ प्रतिशत भने शिक्षातर्फ लक्ष्य पुग्नै नसकेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए। 

'यो भनेको आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय पर्सालाई दिएको कुल लक्ष्य एक करोड १९ लाख सात हजारमा ६५ लाख ५६ हजार मात्र संकलन भएको हो', उनले भने। त्यसैगरी स्वास्थ्य सेवा सञ्चालक संस्थाहरूले पनि दुई करोड २९ लाख ८७ हजारको लक्ष्यमा एक करोड ४४ लाख ७४ हजार मात्र राजस्व बुझाएका छन्। यो पनि लक्ष्यको तुलनामा २९.४ प्रतिशतले कम हो। 

जिल्लाका सबै शैक्षिक र स्वास्थ्य संस्थाहरुले राज्यलाई बुझाउने सेवा शुल्क समयमा नबुझाउँदा त्यो शीर्षकको लक्ष्यको भार समेत भ्याट र अन्त:शुल्कले पूर्ति गर्नु परेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कोइरालाको तर्क छ। यी दुई शीर्षकको लक्ष्य पूरा नभए पनि कुल लक्ष्यमा भने राजस्व कार्यालय पर्साले २६ प्रतिशतले बढि राजस्व संकलन गरेको छ। यो भनेको कुल राजस्वलक्ष्य ५ अर्ब ३२ करोड ९८ लाख ६६ हजारमा एक अर्ब ४२ करोड ८२ लाख ४९ हजारले बढी हो। अर्थात् लक्ष्यको तुलनामा आव ०७४⁄७५ आन्तरिक राजस्व कार्यालय पर्साले कुल ६ अर्ब ७५ करोड ८१ लख १५ हजार कुल राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

विभागले पर्सा स्थित राजस्वकार्यालयलाई दिएको कुल राजस्वलक्ष्य पाँच अर्ब ३२ करोड ९८ लाख ६६ हजारमा सबैभन्दा बढी योगदान अन्त शुल्कबाट मात्र चार अर्ब ५६ करोड ४४ लाख ५३ हजार पूरा गर्न सकिएको छ। यो अन्त:शुल्क तर्फको मात्र लक्ष्यमा ३६ दशमलबले बढी हो। अन्त:शुल्कतर्फ भने तीन अर्ब ३४ करोड ४६ लाख ५३ हजार मात्र विभागको लक्ष्य थियो ।

यसैगरी भ्याट तर्फको लक्ष्य ८७ करोड ७५ लाख ९३ हजारमा एक अर्ब १२ करोड १४ लाख ८ हजार राजस्व संकलन भई यसमा पनि लक्ष्य भन्दा २७ प्रतिशत बढी राजस्वसंकलन हुन सकेको छ। यी दुई शीर्षकमा बढी उठेको राजस्वले अन्य शीर्षकमा लक्ष्य भेट्न नसकेको तर्फ भार बहन गर्न सकेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.