काठमाडौं : झापाका अग्रज पत्रकार गोपीकृष्ण खनालको जीपको ठक्करबाट निधन भएको छ।
बिहिबार दिउँसो विर्तामोड–२ चारपाने नजिकै मे १ ज ६५८ नम्बरको जीपले ठक्कर दिएको थियो। जीपको टक्करबाट घाइते खनालको उपचारका क्रममा राति बिएन्डसी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनलाई सुरुमा विर्ता सिटी अस्पताल भर्ना गरिएपनि त्यहाँ उपचार सम्भव नभएपछि विएन्डसी अस्पताल भर्ना गरिएको थियो। विर्तामोड–३ का ७० वर्षीय खनाल झापाका अग्रज पत्रकार साथै साहित्यकार हुन्। उनी ‘नयाँ कामना’ साप्ताहिकका सम्पादक समेत थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।